२२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेकाे घटनाका फरार आरोपित सिरहा नगरपालिका–१६ का ४५ वर्षीय असिकुल मियाँ ०८० पुस २९ गते गिरफ्तार भएका छन् ।
आरोपितले महिलालाई ०७४ जेठ ९ गते बलात्कार प्रयास गरेको आरोपमा पीडितले इलाका प्रहरी कार्यालय लहानमा जेठ १० गते उजुरी दिएकी थिइन् । पीडितको स्वास्थ्य परीक्षण लहान स्थित रामकुमार उमाप्रसाद अस्पतालमा जेठ १० गते भएको थियो ।
इलाका प्रहरी कार्यालय लहानले आरोपितलाई जेठ १० गते गिरफ्तार गरेपनि जिल्ला अदालतको आदेशमा असार ५ गते ३५ हजार रुपियाँ धरौटीमा आराेपित रिहा भएका थिए । जिल्ला अदालत सिरहाले ०७४ फागुन २३ गते कसुर ठहर गर्दै २ वर्ष ६ महिना कैद सजायको फैसला गरेको थियो।
तर, अदालतको आदेश पछि आरोपित फरार रहेका थिए जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी रविन्द्रराज पाण्डेले बताउनु भयाे । खोज तलासको क्रममा ०८० पुस २९ गते आरोपितलाई गिरफ्तार गरी ०८० माघ २ गते अदालतमा पेश गरी कारागार पठाएको उहाँले बताउनु भयो ।