स्वर्ण गाउँपालिका–७ मुसहारना की २२ वर्षीया रुकसाना खातुनलाई ३० वर्षीय पति अब्दुल कैस मियाँले कुटपिट गरेको आरोपमा ०८० मङ्सिर २० गते जिल्ला प्रहरी कार्यालय अन्र्तगत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिनु भयो ।
गर्भावस्थामा रहेकी पीडितलाई आरोपित पतिले मङ्सिर १९ गते भाइको विवाहमा माइती घर किन गएकी भनी बादबिवाद गर्दै कपाल समाती भुईमा लसारपसार गर्नुका साथै टाउकोमा र पिठ्युमा मुक्का प्रहार गरी निर्घात कुटपिट गरेको पीडितले बताउनु भयो ।
पीडितको उपचार मङ्सिर २० गते प्रादेशिक अस्पताल कलैयामा गरिएको छ ।
दुवै पक्षलाई बोलाइ घटनाबारे सत्य तथ्य बुझी दोषीलाई कानुन बमोजिम कारबाही गर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका इन्सपेक्टर बिमला कुमारी कठायतले जानकारी दिनु भयो ।