INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

प्रसौनि गाउँपालिका–२ प्रसौनीका ७० बर्षीय रामधरिक्षण प्रसाद कलवारलाई ०८० मङ्सिर ११ गते गालीगलौज तथा कुटपिट गरी घरबाट निकालिदिएको भन्दै पीडितले आरोपितहरू विरुद्ध मङ्सिर १२ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिनु भयो ।

आरोपित तीन जना छोराहरू ४५ बर्षीय सुनिल साह कलवार, ४२ वर्षीय अनिल साह कलवार र ३५ बर्षीय अजित साह कलवारले “मेरो नाममा भएको सम्पत्ति फकाई फुल्याई मबाट आफ्नो नाममा नामसारी गराए पश्चात मलाई खान लाउन तथा हेरचाह नगरेको” पीडितको आरोप रहेको छ ।

“हाल म आफ्नै घरमा सानो पसल थापी बसेको छु । साझँमा अन्ध्यारो भएकोले बत्ती जडान गर्न जाँदा, बिजुलीको पैसा कसले तिर्छ भनी बादबिवाद गरी कुटपिट तथा गालीगलौज गर्नुका साथै घरबाट समेत निकालिदिएको” पीडितले बताउनु भयो । उहाँले भन्नु भयो, “जग्गा लिने समयमा हेरचाह तथा स्यहारसुसार गर्छु भनी विश्वास दिएको तर, अहिले कसैले पनि मेरो रेखदेख नगरेको” ।

घटनाबारे सत्य तथ्य बुझी दोषीलाई कानुन बमोजिम कारबाही गर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका इन्सपेक्टर बिमला कुमारी कठायतले जानकारी दिनु भयो ।

अन्य

भिडियो