INSEC Online

📅 २०८३ जेष्ठ २१

जुम्लामा भूकम्पले सामान्य क्षति, पाँच जना घाइते

जाजरकोटको बारेकोट गाउँपालिका –१ रामीडाँडा केन्द्र बिन्दु बनाएर कात्तिक १७ गते मध्यरातीमा गएको ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पले जुम्लामा सामान्य क्षति, पाँच जना सामान्य घाइते  भएका छन् ।

तातोपानी गाउँपालिका – ३ बाहुनवाँडाका २६ वर्षीया सिर्जना गौतमको हातमा सामान्य चोट लागेको छ । उहाँको ११ वर्षीय छोरा आयुष गौतमको आँखामा चोट लागेको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताउनु भयो । उहाँले भन्नुभयो सोही वडाका १४ वर्षीय निराजन उपाध्यायको हातमा चोट लागेको छ ।

त्यस्तै तिला गाउँपालिका – ३ दानीवाँडाका ११ वर्षीया सपना थापालाई पनि चोट लागेको छ । घर भत्किनुका साथै चर्किएको बिषयमा प्रहरीले तथ्याङ्क संकलन गरिरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका इन्स्पेक्टर याम बहादुर बुढा मगरले बताउनु भयो ।

उहाँका अनुसार तातोपानी गाउँपालिका – ४ गौतमवाँडाका हरि बहादुर खत्री सुतेको बेला घरको पर्खाल खस्दा निज भाग्न खोज्दा खुट्टामा चोट लागेको छ । तिला गाउँपालिका – ३, ५ र ९ रहेका केही घर र बिद्यालयहरु चर्केका छन् ।

चन्दननाथ नगरपालिका – ८ का ४६ वर्षीय बिष्णुबहादुर महतको तीन तले टिनले छाएको घरको एउटा कोठा भत्किएको र अरु कोठा चर्किएको छ । अरु घाइतेहरुको अवस्था सामान्य भएको हुदा घरमै प्रथामिक उपचार गरिएको र १३ महिनाको आयुस गौतमको गाउँपालिकाको स्वास्थ्य चौकीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Photo20231104Jumla (2)

Photo20231104Jumla (1)

अन्य

भिडियो