४८ वर्षीया महिलालाई ०८३ असार ९ गते ‘बोक्सी’ आरोपमा कुटपिट गरेको भन्दै पर्सा गाउँपालिका–२ की ३८ वर्षीय महेन्द्र यादव र ३६ वर्षीय राजेन्द्र यादवविरुद्ध पीडितले असार १९ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएकी छन् ।
आरोपितहरूले असार १६ गते घटनालाई गाउँमै मिलापत्र गराउनका लागि दवाव दिएको पीडितले आरोप लगाएकी छन् । पीडितको स्वास्थ्य उपचार असार ९ देखि १ गतेसम्म प्रादेशिक अस्पताल मलंगवामा भएको प्रहरीले जानकारी दिएको छ । आरोपित फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी बेद प्रसाद गौतमले जानकारी दिनु भयो ।