INSEC Online

📅 २०८३ असार २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धवलागिरी गाउँपालिका–७ का ६८ वर्षीय इन्द्रबहादुर परियारलाई गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई ०८३ असार २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले दिएको उजुरीका आधारमा प्रहरी चौकी मुना ताकमबाट खटिएर गएको प्रहरीले परियारलाई धवलागिरी गाउँपालिका–७ धारापानीबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले जानकारी दिनुभयो ।

पीडितको बालिकाको स्वास्थ परीक्षण असार २१ गते प्रादेशिक अस्पताल बेनिमा गरिएको छ ।

अमृतप्रसाद पौडेल

अन्य

भिडियो