बिश्रामपुर गाउँपालिका–१ छतवा की २५ वर्षीया आरती देवी साहलाई पति सहित परिवारका अन्य सदस्यहरु समेतले ०८० कात्तिक ८ गते कुटपिट तथा गालिगलौज गरी घरेलु हिंसा गरेको आरोपमा पीडितले आरोपितहरु विरुद्ध कात्तिक १० गते जिल्ला प्रहरी कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिनु भयो ।
आरोपितहरुले सानोतिनो कुरामा वादबिवाद गरी कुटपिट तथा गालिगलौज गरेकाे पीडितकाे आरोप रहेकाे छ । “कात्तिक ८ गते घरायरसरु विषयमा वादबिवाद हुँदा आरोपितहरु ३० वर्षीय पति परमेश्वर साह, ३५ वर्षीय जेठाजु रमेश साह, ५५ वर्षीय ससुरा सुनरमन साह, ५० वर्षीया सासु बिगनी देवी समेतले म गर्भवती महिलालाई चप्पल र बाँसको लठ्ठीले कुटपिट गरी घाइते बनाइ शारीरिक तथा मानसिक यातना दिई घरेलु हिंसा गरेको”, उहाँले भन्नु भयो ।
पीडितको सामान्य उपचार कात्तिक ८ गते प्रादेशिक अस्पताल कलैयामा भयो ।
घटनाबारे सत्य तथ्य बुझी दोषीलाई कानुन बमोजिम कारबाही गर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका इन्सपेक्टर बिमला कुमारी कठायतले जानकारी दिनु भयो ।