जिल्लाको दशरथचन्द नगरपालिका–११ नागार्जुस्थित स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीहरुको व्यवस्थापनमा समस्य भएपटि त्यस क्षेत्रका सुत्केरी तथा गर्भवतीहरुले सास्ती खेप्नु परेको छ ।
नागार्जुन स्वास्थ्य चौकीमा कार्यरत दुई जना अनमीहरु सुत्केरी बिदामा बसेपछि यस क्षेत्रका सुत्केरी तथा गर्भवरीहरुले सास्ती खेप्नु परेको हो ।
स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी विगत ६ महिनादेखि बिदामा रहेकाले सुत्केरी सेवा प्रभावित बेनेको स्वास्थ्य चौकीका इन्चार्ज गोपीकृष्ण भण्डारीले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘दुबै जना अनमी सुत्केरी बिदामा थिए । त्यसैले सुत्केरी सेवा प्रभावित बनेको हो । अहिले बिदा सकिए पनि उहाँहरुको साना बच्चा भएकाले राती सेवा दिन सकिरहनु भएको छैन् । तर, दिउसो भने सुत्केरी तथा गर्भवती सेवा प्रदान गरिने गरिएको छ ।’
स्वास्थ्यकर्मीहरुको व्यवस्थापनका लागि नगरपालिकाले कुनै अन्य व्यवस्थापन तथा पहल नगरी दिदा यस क्षेत्रका सुत्केरी तथा गर्भवतीहरुलाई उपचार तथा चेकजाँचका लागि अन्यत्रै लैजानु पर्ने बाध्यता रहेको स्थानीय नरेस पन्थले गुनासो गर्नु भयो ।
नागार्जुन स्वास्थ्यचौकीको समस्याका बारेमा आफू जानकार रहेको र सो समस्या समाधानका लागि नगरपालिकाले नयाँ अनमीको व्यवस्था गर्न लागेको दशरथचन्द नगरपालिकाका स्वास्थ्य संयोजक परमानन्द भट्टले बताउनु भयो ।
