धनगढीमाई नपा–६ की ७२ वर्षीया दर्पीदेवी कोइरीलाई कुटपिट गरी हत्या गरेको आरोपमा उनकी बुहारी ५० वर्षीया चन्दा देवी महतोलाई इलाका प्रहरी कार्यालय लहानले पुस २० गते गिरफ्तार गरेको छ ।
पीडित पक्षका अनुसार आरोपितले पुस २० गते घरायसी विवादका कारण भाटाले कुटपिट गर्दा मृत्यु भएकोले कारबाहीको लागि इलाका प्रहरी कार्यालय लहानमा पुस २० गते उजुरी दिएको मृतकका छोराले बताउनु भयो ।
शवको पोष्टमार्टम प्रादेशिक अस्पताल लहानमा पुस २० गते भएको थियो ।
इलाका प्रहरी कार्यालय लहानका इन्सपेक्टर कृष्ण खत्रीका अनुसार घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी प्रक्रिया अगाडी बढाएको बताउनु भयो ।