INSEC Online

📅 २०८३ जेष्ठ २१

कारागारमा मृत्युको घटना शङ्कास्पद भन्दै छानविनको माग

रोल्पाको लिवाङ स्थित जिल्ला कारागारमा जेठ ४ गते नेपालगञ्ज उपमहानगरपालिका–२ दैलेखी बङ्गला निवासी सुन्दर हरिजनको रहस्यमय मृत्युप्रति इन्सेकसहित १६ ओटा सङ्घसंस्थामा आबद्ध नेपालगञ्जका अधिकारकर्मीहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘कारागार प्रशासनले हरिजनको मृत्युपछि परिवारलाई विजयविक्रम शाहको मृत्यु भएको छ । शव लिन आउनुहोस् भनी सुन्दर हरिजनको परिवारलाई खबर गरेको विषयले घटना रहस्यमय बनेको छ ।’–अधिकारकर्मीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पीडित परिवारसँग रहेका कयौँ सबुत प्रमाण तथा तथ्यले मृतक सुन्दर हरिजनलाई कारागारमै रहेका विजयविक्रम शाहका नाममा कैद सजाय भुक्तान गराइरहेको देखिएको पनि उनीहरूले बताएका छन् ।

‘यस्तो परिस्थितिकाबिच विजयविक्रम शाहले झुुण्डिएर आत्महत्या गरेको छ ।’ शव लिन आउनु भनी पीडित परिवारलाई दिइएको सूचनाका पछाडि धेरै रहस्यहरू उजागार हुनुका साथै कारागार प्रशासनमाथि प्रश्नहरू उब्जिएको भन्दै अधिकारकर्मीले निश्पक्ष छानबिनको माग गरे छन् ।

photo20220226banke

अन्य

भिडियो