INSEC Online

📅 २०८३ असार १४

बलात्कार घटनाका आरोपित गिरफ्तार 

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम जिल्ला पशुपतिनगरपालिका-२ का ३६ वर्षीय विगेन्द्र शेर्पालाई असार १४ गते गिरफ्तार गरेको छ।

आरोपितले युवतीलाई ०८३ असार १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय विर्तामोड, अनारमनी उजुरी दिएको थियो।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई ०८३ असार १४ गते विर्तामोड नगरपालिका-५ सुब्बा चोक अनुसन्धानका लागि गिरफ्तार गरेको प्रहरीले जनाएको छ।

युवतीको स्वास्थ्य परीक्षण मेची प्रादेशिक अस्पताल, भद्रपुरमा असार १४ गते गरिएको छ।

नरेश खाती

अन्य

भिडियो