चुमनुव्री गाउँपालिका–७ लामागाउँको चुम गुम्बाका विद्यार्थीले जङ्गली फल खाँदा ६ जना विद्यार्थी बिरामी भएका छन् । काठमाडौँबाट चुम गुम्बा जाँदै गर्दा चुमनुव्री गाउँपालिका– ७ को चौँरीखर्कमा पहिचान नभएको जंगली फल खाँदा ०८३ असार १२ गते विद्यार्थी बिरामी परेका हुन् । उनीहरुको छेकम्पारमा रहेको छेकम्पार स्वास्थ्य चौकिमा उपचार भइरहेको छ ।
चुमगुम्वा तर्फ जाँदै गरेका ३२ मध्ये ६ जना विद्यार्थी बिरामी परेको जिल्ला प्रहरी कार्यालय गोरखाका इन्सपेक्टर सरोज कार्कीले बताउनुभयो । बिरामी परेका मध्ये चार जनाको अवस्था मध्यम र दुई जनाको अवस्था गम्भीर रहेको कार्कीले बताउनुभयो । विरामी विद्यार्थीलाई टाउको दुख्ने, वान्ता हुने समस्या देखिएको छ ।