INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनामा गिरफ्तार गरिएका आरोपितको मृत्यु

बलात्कार प्रयास घटनामा गिरफ्तार गरिएका आरोपित नरैनापुर गाउँपालिका ५ मटैहियाका ३० वर्षीय रामपाल यादवको जेठ ४ गते मृत्यु भएको छ ।

७० वर्षीया महिलामाथि बलात्कार प्रयास गर्दा पीडित चिच्याए पछि भागेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भोजभगवानपुरले आरोपितलाई वैशाख ३ गते राती गिरफ्तार गरेको थियो ।

आरोपितलाई स्वास्थ्य परीक्षणकालागि प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुर पुर्याएकोमा उपचार हुन नसके पछि भेरी अस्पताल पठाइएको डाक्टर सुर्यप्रकास साहले बताउनु भयो ।

डा.साहका अनुसार बाहिर धेरै चोटपटक नभएपनि रक्तचाप न्यून रहेको र बिरामी अनकन्सियश भएकाले भेरी अस्पतालमा जान सल्लाह दिएर भर्ना नगरी पठाइएको हो ।

इलाका प्रहरी कार्यालयका इन्सपेक्टर बिरबहादुर सुनारले के कारणले मृत्यु भएको हो भन्ने कुरा पोष्टमार्टम रिर्पोट पछि मात्र भन्न सकिने बताउनु भयो ।

प्रहरीले थप उपचारका लागि अस्पताल नपुर्याएर प्रहरी कार्यालयमा नै राखेको र बिरामीले बान्ता गरेपछि मात्र अस्पताल पुर्याइएको थियो ।

शवको पोष्टमार्टम पोष्टमार्टम जेठ ५ गते भेरी अस्पताल नेपालगञ्जमा गरिएको छ ।

घटनाबारे एडभोकेसी फोरमका संयोजक बसन्त गौतम, इन्सेक नेपालगञ्जका अधिकृत विनोद पाण्डे, आइएचआरसीका अध्यक्ष विश्वजीत तिवारी र अधिवक्ता बलबहादुर चन्दले घटनाबारे अध्ययन गरेका थिए ।

घटनाबारे सबै पक्षसँगको छलफल पछि चिकित्सकको सल्लाह अनुसार प्रहरीले समयमा अस्पताल नपुर्याउदा मृत्यु भएको पाइयो ।

मृतक पक्षले सोही ठाँउका ४५ वर्षीय मुन्सी यादव, २२ वर्षीय लालमणी यादव, ३० वर्षीय राजकुमार धोवी, २८ वर्षीय शिवराज धोवी, ४० वर्षीय गोलीप्रसाद गढले कुटपिट गरेको भन्दै जेठ ५ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

अन्य

भिडियो