बाँकेको नरैनापुरमा गाउँपालिकामा मतगणना कार्य वैशाख ३१ गते रातीबाट स्थगित भएको छ ।
राजनीतिक दलहरूले मतगणनामा खटिएका कर्मचारीहरूले गतगणनामा सूचना प्रवाह गर्दा पारदर्शीता नभएको आरोप लगाउदै नयाँ कर्मचारी राखेर मत गणना कार्य सुरू गर्नु पर्ने माग राखेपछि मतगणना स्थगित भएको हो ।
निर्वाचन अधिकृत रेशम आचार्यका अनुसार सूचना प्रवाह गर्दा समान्य त्रुटी कर्मचारीबाट भएको भएपनि त्यस्तो कुनै नियत नभएको इन्सेकको टोलीलाई बताउनु भयो ।
नेकपा एमालेका कार्यकर्ता हेमराज यादवका अनुसार नेकपा एमालेमा मतदान गरेका मत पत्रहरूको सङ्ख्या कति हो भन्ने जानकारी नदिएकोले वडा नम्बर ६को मतगणना पुनः गर्नु पर्ने बताउनु भयो ।
जेठ २ गते बसेको सर्बपक्षिय बैठकले जिल्लाबाट नयाँ कर्मचारी बोलाएर मतगणना गर्ने निर्णय भएको निर्वाचन अधिकृत रेशम आचार्यले बताउनु भयो ।
