INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रवती गाउपालिका–५ का मिङमार ग्याल्जेन लामालाई प्रहरीले ०७९ वैशाख २२ गते गिरफ्तार गरेको छ ।

आरोपितले पीडितलाई ०७९ वैशाख १८ गते घरमा बसेका बेला यौन दुर्व्यवहार गरेको पीडितको आरोप छ ।

पीडितले ०७९ वैशाख २१ गते आरोपित लामाविरुद्ध इलाका प्रहरी कार्यालय नवलपुरमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल केसीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परिक्षण वैशाख २१ गते नवलपुर स्वास्थ्य केन्द्रमा भएको इन्स्पेक्टर केसीले जानकारी दिनु भयो ।

अन्य

भिडियो