INSEC Online

📅 २०८३ जेष्ठ २१

एम्बुलेन्स तोडफोड घटनाका आरोपित गिफ्तार

नेपाल रेडक्रस सोसाइटी, बाजुराको से.१.च ५२४ नम्बरको एम्बुलेन्समा तोडफोड गरेको आरोपमा प्रहरीले बुढीगंगा नगरपालिका–३ का नेपाली काङ्ग्रे क्षेत्रिय प्रतिनिधि २८ वर्षीय गोरख रौल र बडीमालिका नगरपालिका– ८ का नेविसङ्घका केन्द्रीय सदस्य २४ वर्षीय विरेन्द्र ऐडीलाई असोज १४ गते साँझ गिरफ्तार गरेको छ ।

नेपाली काङ्ग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र (ख) को मतगणना भइरहेको अवस्थामा नगरपालिका कार्यालय बाहिर राखिएको एम्बुलेन्स र सूचना प्रवाहका लागि कार्यालयमा टासिएको डिजिटल बोर्ड तोडफोट गरपछि ऐडी र रौलेलाई गिरफ्तरा गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी पदमजित महराले इन्सेक प्रतिनिधिलाई फोनबाट बताउनु भयो ।

सार्वजनिक सम्पत्ति तोडफोड गर्ने व्यक्तिमाथि कार्वाही प्रक्रिया अगाडी बढाउने निमित्त प्रमुख प्रशासकीय अधिकृत रंगमल विकले बताउनु भयो ।

भारतीय दुताबासको सहयोगमा नेपाल रेडक्रस सोसाइटी उपशाखा, बाजुराको नाममा रहेको सो एम्बुलेन्स कोभिड–१९ सङ्क्रमितहरुलाई अस्पताल ल्याउन र लैजानका लागि जिल्ला प्रशासन कार्यालय, बाजुराले मर्मत गरेर सञ्चालनमा लाइएको थियो ।

एम्बुुलेन्समा तोडफोड गर्नेलाई कानुनी कार्वाही गर्न प्रशासनलाई अनुरोध गरिएको नेपाल रेडक्रस सोसाइटी, बाजुराका सभापती रामबहादुर शाहीले बताउनु भयो ।

photo20211001bajura

अन्य

भिडियो