INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरी हिरासतमा एक महिलाको मृत्यु

गुजरा नपा–२ कटानीका ३० वर्षीय राधिका भनिने रेवतीकुमारी राउतको महिला तथा बालबालिका सेवा केन्द्र गरुडाको प्रहरी हिरासतमा असोज १५ गते बिहान मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी भरत श्रेष्ठका अनुसार असोज १४ गते साँझ खाना खाएर सुतेकी महिलालाई असोज १५ गते बिहान प्रहरीले उठाउन जाँदा मृत्यु भइसकेको थियो ।

असोज १४ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरस्थित कार्यालयको हिरासतमा ल्याइएकी महिलालाई राख्न असहज भएपछि सोही दिन महिला तथा बालबालिका सेवा केन्द्र गरुडामा राखिएको थियो ।

मृृतक राधिकाले स्वास्थ्य जाँच गर्ने क्रममा छारे रोग भएको बताएको डिएसपी श्रेष्ठले जानकारी दिनु भयो ।  शवको पोष्टमार्टम जिल्ला अस्पताल गौरमा असोज १५ गते गरी सोही दिन परिवारलाई जिम्मा लगाई अन्तिम संस्कार भएको श्रेष्ठले बताउनु भयो ।

घटनाबारे थप अनुसन्धान भइरहेको पोष्टमार्टम रिपोर्ट आएपछि विस्तृत जानकारी हुने डिएसपी श्रेष्ठले जानकारी दिनु भयो ।

अन्य

भिडियो