२१ वर्षीया महिलालाई कथित बोक्सी आरोप लगाई अमानवीय र अपमानजनक व्यवहार गरेको आरोप जिल्ला अदालतले कन्काई नगरपालिका–२ की ४० वर्षीया शान्ता बुढाथोकी र सोही ठाँउका २१ वर्षीय दिनेश दर्जीलाई फागुन २१ गते पाँच वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायधीश अमृतबहादुर बस्नेतको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायको फैसला गरेको हो ।
आरोपितद्वयले ०७६ भदौ १९ गते कथित बोक्सीको आरोप लगाँउदै शरीरका विभिन्न भागमा तातो पुन्यूले डामेको र मानसिक यातना दिएको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध भदौ २० गते इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएका थिए ।
आरोपितद्वयलाई प्रहरीले उजुरी लगत्तै गिरफ्तार गरी ०७६ असोज ६ गते कथित बोक्सी आरोपमा जिल्ला अदालतमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।
अदालतको असोजका ८ को आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा रहेका थिए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण तथा उपचार मेची अस्पतालमा भदौ १९ गते भएको थियो ।