INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपितलाई १२ वर्ष कैद फैसला

लहान नपा–१८ का ५० वर्षीय उम्दिलाल सदायको हत्या गरेको ठहर गर्दै मृतकका छोरा २५ वर्षीय सञ्जय सदायलाई जिल्ला अदालतले फागुन ५ गते १२ वर्ष कैदको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायधीश केदारनाथ पौडेलको एकल इजलाशले सो फैसला गरेको सरकारी वकिल एकराज अधिकारीले बताउनु भएको छ  ।
आरोपितले ०७५ भदौ ८ गते पितालाई घरायसी विवादमा बाँसको मुङ्ग्रोले टाउकोमा हिर्काउँदा उपचारको क्रममा बिराटनगर स्थित न्यूरो अस्पतालमा भदौ ९ गते मृत्यु भएको थियो ।

घटनाको उजुरी इलाका प्रहरी कार्यालय लहानमा भदौ ९ गते पीडित परिवारले दिएका थिए भने इलाका प्रहरी कार्यालय लहानले आरोपितलाई भदौ ९ गते गिरफ्तार गरेको थियो । जिल्ला अदालतको आदेशमा आरोपित असोज १ गते देखि पुर्पक्षका लागि थुनामा रहेका थिए  शवको पोष्टमार्टम कोशी अञ्चल अस्पताल बिराटनगरमा भदौ ९ गते भएको थियो ।

अन्य

भिडियो