INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितलाई १५ वर्ष कैद फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले विष्णुपुर गाउँपालिका–२ का २३ वर्षीय दिपा भन्ने दिपेन्द्रकुमार यादवलाई माघ २३ गते १५ वर्ष कैद र १ लाख क्षतीपुर्तीको फैसला गरेको छ ।

जिल्ला अदालतका न्याधीश योगेन्द्र प्रसाद साहको एकल इजलाशले सो फैसला गरेको सरकारी वकिल एकराज अधिकारीले बताउनु भयो ।

त्यसैगरी अर्का आरोपित सोही ठाउँका २५ वर्षीय रविन्द्र यादवलाई १ वर्ष २ महिना कैद तथा ५० हजार क्षतीपुर्तीको फैसला भएको छ ।

अन्य दुई आरोपितहरु सोहि ठाउँका २६ वर्षीय उदिपा यादव र २७ वर्षीय नविनकुमार यादव फरार रहेकाले उनिहरुको मुद्दा मुल्तबीमा राख्ने फैसला समेत भएको सरकारी वकिल अधिकारीले बताउनु भयो ।

आरोपितहरुले बालिकालाई ०७५ असोज ११ गते बलात्कार गरेको आरोपमा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय सिरहामा असोज १४ गते उजुरी दिनु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिरहाले आरोपित दिपेन्द्रलाई असोज १४ गते गिरफ्तार गरेको थियो भने जिल्ला अदालतको आदेशमा आरोपित कात्तिक ११ गते देखि पुर्पक्षका लागि थुनामा रहेका थिए भने अर्का आरोपित रविन्द्रलाई ०७५ पुस १९ गते गिरफतार गरेको थियो भने अदालतको आदेशमा पुस २२ गते देखि पुर्पक्षका लागि थुनामा रहेका थिए ।

बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असोज १४ गते भएको थियो ।

अन्य

भिडियो