INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुरमा १४ वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतले शिवसताक्षी नगरपालिका– ९ का ५० वर्षीय वीरबहादुर माझीलाई पुस २० गते १४ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायधीश प्रमेश पोखरेलको इजलासले कैद सजायसँगै कसुरदारबाट पीडितले पाउने गरी २५ हजार रूपियाँ क्षतिपूर्ति भराउन आदेश भएको छ ।

आरोपितले ०७५ पुस १४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्घ पुस १७ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले पुस १७ गते गिरफ्तार गरी कारबाही अघि बढाएकोमा जिल्ला अदालतको ०७५ माघ १० को आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अञ्चल अस्पतालमा ०७५ पुस १७ गते गरिएको थियो ।

 

 

 

 

 

अन्य

भिडियो