एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित नरहा गाउँपालिका-२ का २२ वर्षीय बन्डुल भन्ने सन्रुप सदालाई जिल्ला अदालतले पुस १७ गते १० वर्ष कैद तथा क्षतीपुर्तीको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायधीश नर नारायण पौडेलको एकल इजलाशले सो फैसला गरेको सरकारी वकिल एकराज अधिकारीले बताउनु भयो । पीडितलाई १ लाख क्षतीपुर्ती समेत भराउने फैसला भएको सरकारी वकिल अधिकारीले बताउनु भयो ।
आरोपितले बालिकालाई २०७६ बैशाख १० गते बलात्कार गरी गर्भ बोकाएको आरोपमा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय सिरहामा बैशाख २५ गते उजुरी हालेका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा बैशाख २५ गते भएको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाले आरोपितलाई बैशाख २५ गते गिरफ्तार गरेको थियो भने जिल्ला अदालतको आदेशमा आरोपित जेठ २० गते देखि पुर्पक्षका लागि थुनामा रहेका थिए ।