२० वर्ष अघि स्थापना भएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र, मेलौलीमा १८ वर्षदेखि डाक्टर नहुँदा विरामीहरूले सास्ती भोग्नु परेको छ ।
एक जना डाक्टर र दुई जना स्टाफ नर्सको दरबन्दी भएको उक्त स्वास्थ्य केन्द्रमा डाक्टर नभएपछि मेलौली नगरपालिका– ७ तल्लो स्वराड क्षेत्रका स्थानीयहरूले सास्ती भोग्नु परेको हो ।
प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर जीवन कार्की एक वर्ष बसेर पाँच महिना अघि अध्ययन विदामा गएपछि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन बनेको हो ।
बैतडीको तल्लो स्वराड क्षेत्रका पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका र मेलौली नगरपालिका गरी तीन ओटा स्थानीय तहका ६० हजार स्थानीयवासीलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र डाक्टर विहिन अवस्थामा रहेपछि यस क्षेत्रका स्थानीयहरूलाई उपचार गर्न भारत जानु पर्ने बाध्यता रहेको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नभएपछि स्थानीयले उपचार गर्न भारत जाने गरेको मेलौली नगरपालिका–७ का केशवसिंह भाटले बताउनुभयो ।
उहाँले भन्नु भयो– ‘२० वर्षदेखि डाक्टरको नाम मात्रै सुन्यौँ । डाक्टर आएनन् । एक वर्षअघि आएका डाक्टर पनि सरूवा भएर जानुभयो । दुई जना स्टाफ नर्सको दरबन्दी भए पनि स्टाफनर्स समेत सरूवा भएर गए ।’

डाक्टर अभावका कारण स्वराड क्षेत्रका बिरामीहरूले सहज रूपमा उपचार सेवा पाउन नसकेको स्थानीय मदन ठगुन्नाले गुनासो गर्नुभयो ।
उहाँले भन्नु भयो–‘डाक्टरबाट सेवा पाउने आशामा बसेको बीस वर्ष भयो । तर, अझै केशरपुर स्वास्थ्य केन्द्रबाट हामीले सेवा पाउन सकेका छैनौ ।’
डाक्टर र स्टाफनर्स नभएपछि अहेवको भरमा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन भइरहेको अहेव मुकेशकान्त दयालले बताउनुभयो ।

स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दीको लागि पहल नगरी उल्टै नगरपालिकाले स्वास्थ्य केन्द्रलाई नयाँ ठाउँमा सार्ने निर्णय गरेपछि स्थानीयवासी आक्रोसित भएका स्थानीय लोकराज भट्टले बताउनुभयो ।
उहाँले भन्नु भयो – ‘मेलौली नगरपालिका–७ मा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई अर्को वडामा सार्ने नागरपालिकाले निर्णय गरेको छ । नगरपालिकाले डाक्टर बोलाउन नसक्ने तर अस्पताल नै सार्ने निर्णय गरेपछि स्थानीयले विरोध गरेका छन् ।’

केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पतालमा स्तरोन्नती गर्न स्थलगत अध्ययनका लागि आउँदा दुई ठाउँमा अस्पतालको माग आएको परामर्शदाता कम्पनीका इन्जिनियर इश्वर बरालले बताउनुभयो ।
उहाँले भन्नु भयो – यो विषय स्थानीय सरकार र स्थानीयवासीको सरोकारको कुरा हो । हामीले विस्तृत अध्ययन प्रतिवेदन बुझाउँदा यो कुरा उल्लेख गरेर बुझाउँछौ ।’

मेलौली नगरपालिकाका मेयर कृष्णसिंह नायकले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको समस्या भएको बताउदै स्वास्थ्य केन्द्रको स्तरोन्नती गर्न मन्त्रालयको टिम अध्ययनका लागि आएको बताउनुभयो ।
उहाँले भन्नु भयो –‘यो स्थानीय जनताको माग हो । यसमा नगरपालिकाले केही बोल्न सक्दैन । मन्त्रालयको टिम आएको छ । उहाँहरूले निर्णय गर्नु हुन्छ ।’
१८ वर्षदेखि डाक्टरविहीन अवस्थामा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरेर १५ शैय्याको अस्पताल बनाउने भन्दै सरकारी प्राविधिक टोलीले गत मङ्सिर २० गते केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रको स्थलगत अध्ययन समेत गरेको थियो ।