मेलौली नगरपालिका–७ को वडा कार्यालयमा पुस १२ गते राती अज्ञात पक्षद्वारा तोडफोड गरिएको छ ।
अज्ञात पक्षद्वारा वडा कार्यालयको मुल ढोकाको ताल्चा तोडेर कार्यालय भित्र राखिएको एक थान कम्प्युटर चोरी गर्नुको साथै कार्यालयका कागज–पत्र राखिएका दुई ओटा दराजमा पनि क्षती पुर्याइएको इलाका प्रहरी कार्यालय, मेलौलीका सइ जयलाल ऐरले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्सपेक्टर किशन चन्दले वडा कार्यालयमा तोडफोड गरी सामानसमेत चोरी भएको बताउदै घटनामा संलग्न पक्षको खोजी कार्य भइरहेको बताउनुभयो ।
कार्यालयमा रहेका सामान र कागज–पत्र राखिएको दराज तोडफोड भएपछि कार्यालयको कामसमेत प्रभावित भएको वडा अध्यक्ष राजेन्द्र कार्कीले बताउनुभयो ।
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका–२२ भैँसीपाटी बस्ने