INSEC Online

📅 २०८३ जेष्ठ २२

पत्नी हत्या घटनाको कसुरमा जन्मकैदको फैसला

गोलबजार नपा–३ की २१ वर्षीया श्रृजना निरौला दाहाललाई हत्या गरेको कसुरमा २३ वर्षीय पति बाबुराम भनिने खर्कराज दाहाललाई जिल्ला अदालतले असोज ३० गते जन्म कैदको फैसला गरेको छ ।

न्यायाधीश अनिलकुमार शर्माको इजलासले सो फैसला गरेको सरकारी वकिल एकराज अधिकारीले बताए ।

खर्कराजले श्रृजनालाई ०७५ मङ्सिर २९ गते हत्या गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय गोलबजारमा ०७५ पुस ८ गते उजुरी दिएको थियो । शवको पोष्टमार्टम लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा पुस १ गते गरिएको थियो ।

इलाका प्रहरी कार्यालय गोलबजारले हत्या आरोपमा पुस ८ गते गिरफ्तार गरेकोमा आरोपित जिल्ला अदालतको आदेशमा माघ ७ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका थिए ।

अन्य

भिडियो