कालिकामाई गाउँपालिका–५ सेमरा टोलकी ३५ वर्षीया सङ्गीतादेवी पटेललाई धारिलो हतियार गडासी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मुक्ति पटेललाई साउन ३२ गते गिरफ्तार गरेको छ ।
सङ्गीतादेवीलाई साउन ३१ गते अपरान्ह साढे ५ बजे धारिलो हतियार गडासीले प्रहार गरी आरोपितले हत्या गरेको आरोप छ ।
शव पोष्टमार्टमका लागि बीरगंजको नारायणी अस्पतालमा राखिएको छ । हत्या आरोप लागेका मुक्ती पेटललाई स्थानीयको सहयोगमा गिरफ्तार गरिएको सोही वडाका वडाध्यक्ष पवन तिवारीले जानकारी दिए ।
मुक्तिले पत्नी सङ्गीतादेवीलाई हरिपुर स्थित माइतबाट साउन ३१ गते घर लिएर आएका थिए । गाउँमै रहेको ब्रम्हस्थानको थान (पिपललको रूखमुनी) लगेर पुजा गर्न लगाएका थिए ।
पूजा गरेर गाउँलेहरूलाई प्रसाद समेत वितरण गरेका मुक्ति पटेलले साढे पाँच बजे पत्नीलाई हत्या गरेका थिए ।