बडिमालिका नगरपालिका–२ जुगाडा स्वास्थ्य चौकीका नाममा रहेको बिरामी बोक्ने एमबुलेन्स व्यवस्थापन नहुँदा थन्किएको छ ।
बडिमालिका नगरपालिका–२ का वडा अध्यक्ष तथा जुगाडा स्वास्थ्य चौकीका अध्यक्ष डम्मर महत्तले एम्बुलेन्स सञ्चालन समिति छुट्टै रहेको बताए ।
स्वास्थ्य चौकीलाई एम्बुलेन्स सञ्चालन बारे आफूलाई केही जानकारी नभएको बताए । गोपाल कार्कीको अध्यक्षतामा एमबुलेन्स सञ्चालन समिति रहेको र अघिल्लो वर्ष बडिमालिका नगरपालिकाले २ लाख र यो आर्थिक वर्ष पनि २ लाख रुपियाँ छुट्याएको अध्यक्ष महतले बताए ।
बडिमालिका नगरपालिकाका मेयर पदम बडुवालले एम्बुलेन्स सञ्चालन समितिलाई के कारणले थन्क्याइएको हो बुझेर सञ्चालनमा ल्याउने बताए ।
एम्बुलेन्स सञ्चालन समितिका अध्यक्ष गोपाल कार्कीले ड्राईभर नभएका कारण एम्बुलेन्स थन्किएको बताए ।
बिरामीहरू पैसा दिनुका सट्टा राजनैतिक पावर लगाएर आउछन् । एमबुलेन्स सञ्चालनको स्रोत बिरामी ओसारपसार नै हो पैसा नै नदिने भएकोले ड्राइभर नटिक्नेर धेरै फेरिसकिएको कार्कीले बताए ।
बिलबुक नविकरण गरेर नगरपालिकालाई हस्तान्तरण गर्ने प्रक्रियामा रहेको अध्यक्ष कार्कीले बताए । लामो समयसम्म एम्बुलेन्स रोकिएपछि बिरामीहरूले महङ्गो भाडा तिरेर गाडी लिनु परेको छ ।