INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा ६ वर्ष कैदको फैसला

४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका दमक नगरपालिका–३ का ४५ वर्षीय तेजबहादुर भट्टराईलाई जिल्ला अदालतले असार २७ गते ६ वर्ष कैद सजाय तोकेको छ ।

न्यायाधीश सन्तोषप्रसाद पराजुलीको इजलासले कैद सजायसँगै पीडितले पाउने गरी २५ हजार रुपियाँ क्षतिपूर्ति भर्न पीडकलाई आदेश दिएको छ ।

पीडित महिलालाई आरोपितले ०७५ पुस २७ गते बलात्कार गरेको आरोपमा पीडितले पुस २८ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको थियो ।

जिल्ला अदालतको आदेशमा आरोपित ०७५ फागुन २३ गतेदेखि पुर्पक्षका लागि थुनामा थिए । पीडित महिलाको स्वास्थ्य परीक्षण मेची अञ्चल अस्पतालमा पुस २८ गते गरिएको थियो ।

अन्य

भिडियो