काठमाडौँ, असार २७ । कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा रहेका सुकुमवासीहरूको अवस्था बुझ्न पुगेका जेनजी अभियन्ताहरू २७ वर्षीय माजिद अन्सारी, २५ वर्षीया मोनिका निरौला, २३ वर्षीया रिया बानियाँ र २५ वर्षीया सरिस्मा थापालाई प्रहरीले ०८३ असार २७ गते गिरफ्तार गरेको छ । प्रहरीले गिरफ्तार गर्ने क्रममा माजिद अन्सारीलाई कुटपिट गर्दा उनी घाइते भएका छन। घाइते अन्सारीको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।
जेनजी अभियन्ताहरूका अनुसार होल्डिङ सेन्टरमा डुबानको प्रभावमा परेका सुकुम्वासीहरूको अवस्था बुझ्न उनीहरू दिउँसो ३ बजे त्यहाँ पुगेका थिए। तर प्रहरीले उनीहरूलाई होल्डिङ सेन्टरभित्र प्रवेश गर्न नदिएको बताइएको छ। प्रवेशमा रोक लगाएपछि भएको विवादका क्रममा प्रहरीले बल प्रयोग गरेको अभियान्ता सरिस्मा थापाको आरोप छ।