INSEC Online

📅 २०८३ असार २८

जिल्ला प्रशासन कार्यालय घेराउ गरेको आरोपमा २६ जना गिरफ्तार

जिल्ला प्रशासन कार्यालय घेराऊ गरेको आरोपमा प्रहरीले २६ जनालाई ०८३ असार २७ गते गिरफ्तार गरेको छ ।

काठमाडौंको कीर्तिपुरस्थित होल्डङ सेन्टरमा ०८३ असार २७ गते भएको घटनाको विषयलाई लिएर मोरङ् जिल्ला प्रशासन कार्यालय घेराऊ गर्दा २६ जनालाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मकेन्द्रकुमार मिश्रले बताउनु भयो ।

काठमाण्डौँमा भएको घटनालाई लिएर जिल्ला प्रशासन कार्यालयको मुलगेट अगाडि असार २७ गते राति होहल्ला, धर्ना तथा प्रहरीको कामकारबाही र सवारी गआवागमनमा अवरोध गरेपछि २६ जनालाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

गिरफ्तारीमा पर्नेमा सप्तरी जिल्ला राजविराज नगरपालिकाका १७ वर्षीय अमरेश माली, २२ वर्षीय कृष्ण यादव, विराटनगर महानगरपालिका ४ का २१ वर्षीय मोहम्मद दिल, सुनसरी जिल्ला देवानगञ्ज गाउँपालिकाका २८ वर्षीय मोहम्मद अकबर, विराटनगर महानगरपालिका ६ का २० वर्षीय रोहित सहनी, विराटनगर महानगरपालिका १० का २० वर्षीय मोहम्मद अफरोज, विराटनगर महानगरपालिका २ का १८ वर्षीय अंकित राजवंशी, विराटनगर महानगरपालिका ६ का १८ वर्षीय आसिफ उमर, विराटनगर महानगरपालिका ६ का २१ वर्षीय चाँद चाहिद, १८ वर्षीय अफताब सेख, १७ वर्षीय अरमान सेख, विराटनगर महानगरपालिका ७ का १८ वर्षीय दिपेश कुमार राय, विराटनगर महानगरपालिका ८ का २० वर्षीय रिहान सेख, १७ वर्षीय मेहबुब आलम, विराटनगर महानगरपालिका ९ का २२ वर्षीय सारखान शर्मा, विराटनगर महानगरपालिका ६ का २२ वर्षीय मोहम्मद तौफिक उमर, विराटनगर महानगरपालिका १७ का १८ वर्षीय  आसिफ सेख, विराटनगर महानगरपालिका १० का २१ वर्षीय सचिनकुमार मण्डल, विराटनगर महानगरपालिका ८ का २६ वर्षीय जम्सेद आलम, सोही ठाँउका २६ वर्षीय अस्लम समी, विराटनगर महानगरपालिका १३ का १८ वर्षीय प्रियान्सकुमार कर्ण, विराटनगर महानगरपालिका ८ का २० वर्षीय फरन खान, विराटनगर महानगरपालिका ६ का १९ वर्षीय अमिर जमाली, विराटनगर महानगरपालिका ९ का १९ वर्षीय सिन आलम, विराटनगर महानगरपालिका १५ का २० वर्षीय अञ्जर खान र विराटनगर महानगरपालिका १७ का १८ वर्षीय सकी आलमलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

गिरफ्तारीमा परेका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

कोशी प्रदेश कार्यालय

अन्य

भिडियो