INSEC Online

📅 २०८३ असार २७

कुटपिट घटनाका आरोपितहरु गिरफ्तार

३५ वर्षीया महिलालाई ०८३ वैशाख २९ गते बिहान कुटपिट गरेको आरोपमा प्रहरीले डाक्नेश्वरी नगरपालिका–१० बनौलीका ३८ वर्षीय जीवछ प्रसाद साह र ३२ वर्षीय अजय मण्डललाई असार २६ गते  गिरफ्तार गरेको छ ।

आपसी रिसीबिका कारण विवाद हुँदा ‘बोक्सी’ को आरोप लगाउँदै गालिगलौज गरी कुटपिट गरेको भन्दै आरोपितहरुविरुद्ध पीडितले असार २३ गते इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिएको दिएकी थिइन् । आरोपितहरुलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेमराज घिमिरेले जानकारी दिनुभएको छ ।

नविन यादव

अन्य

भिडियो