INSEC Online

📅 २०८३ असार १९

विद्यार्थी कुट्न पठाउने शिक्षकविरुद्व प्रहरीमा उजुरी

तुलसिपुर स्थित गुरुकुल एकेडेमी कक्षा ७ मा अध्ययनरत तुलसिपुर उमनपा- १२ का १४ वर्षीय विवेक केसीलाई सोधेको प्रश्नको उत्तर नदिएको भन्दै सजाय स्वरुप अर्का विद्यार्थीलाई कक्षामै कुटपिट गर्न लगाउदा कानको जाली फुटेपछि पीडित पक्षले ३२ वर्षीया शिक्षाका चिन्तना धितालविरुद्व असार १८ गते इलाका प्रहरी कार्यालय तुलसिपुरमा उजुरी दिएका छ्न ।

कक्षामा सोधिएको प्रश्नको उत्तर नदिएपछि असार १७ गते बिहान धितालले उनकै साथी १५ वर्षीय सक्षम गौतमलाई गालामा हान्न पठाएको र हान्ने क्रममा बालकको देब्रेकानको जाली फुटेको बालकका आमा कविता केसीले बताउनुभयो । कानबाट रगत आएपछि आमालाई भनेको र असार १८ गते सिटि अस्पताल तुलसिपुरमा जाँच गराउदा कानको जाली फुटेको पाइएपछि थप उपचारका लागि नेपालगन्ज लगिएको इलाका प्रहरी कार्यालय तुलसिपुरका डिएसपी हेम प्रसाद पराजुलीले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

जयनारायण पुन

अन्य

भिडियो