INSEC Online

📅 २०८३ असार १९

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जलजला गाउँपालिका–६ का ५३ वर्षीय गोरबहादुर विकलाई ०८३ असार १७ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई असार १४ गते बलात्कार गरेको भनी पीडित पक्षले असार १७ गते जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएको थियो ।

आरोपितविरुद्ध जिल्ला अदालत पर्वतबाट म्याद थप गरी थप अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी दिनेश पौडेलले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण असार १८ गते प्रादेशिक अस्पताल कुश्मामा गरिएको छ ।

अमृतप्रसाद पौडेल

अन्य

भिडियो