१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले देवघाट गाउँपालिका–४ का ३१ वर्षीय मिलन गुरुङ र ३३ वर्षीय समिर गुरुङलाई ०८३ असार १७ गते गिरफ्तार गरेको छ ।
आरोपितहरुले बालिकालाई असार १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार १७ गते इलाका प्रहरी कार्यालय आबुँखैरेनीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीको आधारमा आरोपितहरुलाई आबुँखैरेनीबाट खटिएको प्रहरी टोलीले गिरफ्तार गरेको थियो ।
आरोपितहरुलाई अनुसन्धानका लागि सात दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण असार १७ गते प्रदेश अस्पताल दमौलीमा गरिएको छ ।