१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विजयनगर गाउँपालिका–१ गुगौलीका २९ वर्षीय कम्लेश कुमार गुप्तालाई ०८३ असार १४ गते घरबाटै गिरफ्तार गरेको छ ।
आरोपितले पीडित बालिकालाई असार १० गते बलात्कार गरेको भनी पीडित पक्षले असार १४ गते इलाका प्रहरी कार्यालय गणेशपुरमा उजुरी दिएका छन् ।
पीडितको स्वास्थ्य परीक्षण असार १४ गते कपिलवस्तु अस्पताल तौलिहवामा गरिएको छ ।