१७ वर्षीया बालिकालाई विभिन्न प्रलोभन देखाएर बेचविखन गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले सुद्धोधन गाउँपालिका–५ मानपकडी स्थायी घरभई बुटवल उपमहानगरपालिका–११ बुद्धनगर बस्ने ३४ वर्षीया सानु थापा र बुटवल उपमहानगरपालिका–२ बस्ने ३८ वर्षीया टिका कुमारी सुनारलाई १५ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश सुमन पाण्डेको ०८३ असार ८ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै १५ वर्ष कैद सजाय गर्ने फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिनुभयो ।
प्रहरीले आरोपितलाई वैशाख ८ गते नेपाल भारत सीमानाबाटै गिरफ्तार गरी पीडित बालिकाको उद्दार गर्यो । पीडितले आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा वैशाख ९ गते मानव बेचविखन तथा ओसार पसार सम्बन्धी कसुरमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण वैशाख ८ गते भिम अस्पताल भैरहवामा भयो ।