INSEC Online

📅 २०८३ असार १८

इन्जिनियर कुटपिट घटनाका आरोपित गिरफ्तार

भेरीगंगा नगरपालिकामा कार्यरत इन्जिनियर (अधिकृत छैटौँ) ३५ वर्षीय गणेश कार्कीमाथि कुटपिट गरेकाे आरोपमा वीरेन्द्रनगर नगरपालिका-३ का ४४ वर्षीय निर्माण व्यवसायी कमल खड्कालाई प्रहरीले ०८३ असार १७ गते गिरफ्तार गरेकाे छ । आरोपित खड्काले असार १७ गते दिउँसाे नगर प्रमुखको कार्यकक्षबाहिर  हातपात गरेकाे भन्दै असार १७ गते पीडितले इलाका प्रहरी कार्यालय छिञ्चुमा उजुरी दिएका थिए ।

उजुरी पश्चात आरोपितलाई गिरफ्तार गरेर थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका इन्स्पेक्टर श्यामप्रसाद यादवले जानकारी दिनुभयाे ।

पीडित कार्कीका अनुसार, नगर प्रमुख यज्ञप्रसाद ढकाल, उपप्रमुख धनसरा बोहरा, प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्री र  आफु निर्माण व्यवसायीहरूबीच पालिकासँग सम्बन्धित निर्माण कार्यका विषयमा छलफल भएको थियो। छलफलमा निर्माण व्यवसायी खड्काले आफूले पालिकामा पेस गरेको स्टक प्रमाणित गरिनुपर्ने माग राखेका थिए। उक्त विषयमा आवश्यक थप अध्ययन र छलफलपछि प्रक्रिया अगाडी बढाइने नगरपालिकाको जवाफ थियो । छलफल सकिएर सहभागीहरू बाहिरिने क्रममा नगर प्रमुखको कार्यकक्षअगाडि निर्माण व्यवसायी खड्काले आफुमाथि एक्कासी हातपात गरेको पीडितकाे आरोप छ ।

कर्णाली प्रदेश कार्यालय

अन्य

भिडियो