‘काठेखोलाको बेथिति: आफ्नो डोजर थन्काएर भाडाका डोजर रजाइँ’ शीर्षकमा ०८३ जेठ २८ गते आदर्श सञ्चार डटकममा समाचार प्रकाशन गरेको विषयलाई लिएर पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष तथा आदर्शसञ्चार डटकमका सम्पादक खेमराज गौतमलाई काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघ बागलुङ शाखाले विज्ञप्ती मार्फत जनाएको छ ।
गौतमले नेपाल पत्रकार महासंघ बागलुङमा लिखित रुपमा आफूलाई धम्की आएको भन्दै निवेदन दिएको जनाइएको छ । समाचार प्रति कुनै गुनासा वा बिमती भए प्रचलित नियम अनुसार कानुनी प्रकृयामा जानु पर्ने भए पनि धम्क्याउदै फोन गर्ने र म्यासेज गर्ने कार्य गलत भएको भन्दै उचित छानविन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ । विज्ञप्तीमा पत्रकारको भौतिक सुरक्षाको सुनिश्चितता गर्न महासंघले सम्बन्धीत पक्षसँग माग गरेको छ ।
