कालिकामाई गाउँपालिका कार्यालयमा कम्प्युटर अपरेटर पदमा कार्यरत २३ वर्षीय चन्दन चौरसियालाई ०८३ असार २३ गते कुटपिट गरी दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कालिकामाई गाउँपालिका–२ का २१ वर्षीय अरविन्द चौरसिया र ३० वर्षीय रामबालक साहलाई असार २४ गते गिरफ्तार गरेको छ ।
गाउँपालिकाको कार्यालयमा प्रवेश गरी कर्मचारीलाई गाली–गलौज गर्दै हिँडेपछि सबैलाई गाली नगर्नुस् भनेर रोक्न रोज्दा सोही ठाउँका अरविन्द र रामबालकलगायत २१ वर्षीय सञ्जय पटेल, २१ वर्षीय रजनिस पटेल र हिरोलाल कुर्मीले आफू माथि कुटपिट गरेको पीडितले बताउनु भयो ।
घाइते चन्दनको सोही दिन नारायणी अस्पतालमा उपचार भएको छ । पीडितले असार २४ गते नै आरोपितविरुद्ध उजुरी दिएको डिएसपी राजु कार्कीले बताउनुभयो । अन्य आरोपित फरार रहेको हुँदा खोजतलास भइरहेको डिएसपीले जानकारी दिनुभयो ।