INSEC Online

📅 २०८३ असार ३०

निरन्तरको वर्षाले भरतपुर जलमग्न

०८३ असार २९ गते बिहानदेखि परेको वर्षाका कारण भरतपुर महानगरपालिकाका विभिन्न वडाका बस्तीहरु प्रभावित भएका छन् । भरतपुर महनगरपालिकाको वडा नं ९, ११ र १२ का केही घरहरुमा पानी पसेको छ। पानीको सहज निकास नभएका कारण घरहरु डुवानमा परेको भरतपुर महानगरले जनाएको छ ।

सबैभन्दा बढी भरतपुर ११ को मृगकुञ्ज र गोर्खाली टोल डुवानमा परेका छन् । बस्ती नै डुवानमा परेपछि असार २९ गते साँझबाट स्थानीयको जनजीवन प्रभावित  भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी प्रवत्ता चन्द्रभुषण यादवले बताउनु भयो । भरतपुर ९ मा कार्यालय रहेको आभाष टेलिभिजन भवनमा पनि बाढी पसेको छ । बाढीले स्टूडियो र केही सामानमा क्षति पुगेको टिभीका सञ्चालक रिता ढकालले बताउनुभयो ।

दिपेन्द्र अधिकारी

अन्य

भिडियो