१५ वर्षीया बालिकालाई विभिन्न प्रलोभनमा पारी स्पामा सेवा लिन आउने ग्राहकहरुसँग अनैतिक कार्य गराएको आरोपमा प्रहरीले ३३ वर्षीया सुमन थापा मगर भन्ने सुमन कुमाललाई ०८३ जेठ २४ गत गिरफ्तार गरेको छ ।
गोरखा जिल्ला शिरानचोक गाउँपालिका–३ स्थायी ठेगाना भई हाल ललितपुर जिल्ला ललितपुर महानगरपालिका–२ सानेपा अरुण थापा चोकस्थित शुकल्प स्पा एण्ड थेरापीका सञ्चालिका कुमालले स्पा सेन्टरमा स्टाफको रुपमा कार्य गराइ बालिकालाई अनैतिक कार्य गराएको भन्दै पीडित पक्षले जिल्ला प्रहरी परिसर, जावलाखेलमा ०८३ जेठ २४ गते दिएको उजुरी दिएको थियो । आरोपितलाई सोहिदिन स्पा सेन्टरबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी परिसरका सूचना अधिकारी एवम् एसपी गौतम मिश्रले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ २४ गते पाटन अस्पतालमा गरिएको अस्पतालका निर्देशक प्राध्यापक डाक्टर रवि शाक्यले जानकारी दिनुभयो ।
आरोपितलाई ललितपुर जिल्ला अदालतबाट जेठ २५ गते पाँच दिनको म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसार मुद्धामा थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।