सप्तरी कारागार राजविराजको ‘सी ब्लक’ मा रहेका महिला कैदीबन्दीहरूले आफूहरूमाथि लगाइएको झुठो मुद्दा फिर्ता गर्न माग गर्दै ०८३ जेठ ६ गतेबाट अनशनमा बसेका छन् ।
वैशाख ११ गते राति ‘सी ब्लक’ को झ्यालको रड काटेर महिला कैदीबन्दीहरू भाग्ने प्रयास गरेपछि कारागार प्रशासनले तत्काल सात जनालाई नियन्त्रणमा लिएर जिल्ला अदालत राजविराजमा १२ जना महिलाविरुद्ध मुद्दा दर्ता गराई आवश्यक कारबाहीको माग गरेको थियो ।
पाँच जना महिलाले मात्रै झ्यालको रड काटेको स्वीकार गरेका थिए । लिलादेवी यादव, शान्तिदेवी पाल, रञ्जुदेवी यादव, पूजा कुमारी राम, मनिषा मण्डल, विनादेवी साह र विनादेवी यादवले आफूमाथि लागेको मुद्दा फिर्ता नभएको भन्दै अनशनमा बसेका हुन्।