३२ वर्षीया महिलालाई सामाजिक सञ्जालको प्रयोग गरी चरित्र हत्या गरेको आरोपमा प्रहरीले वाणगंगा नगरपालिका–६, गणेशपुरका ४४ वर्षीय यमु खत्रीलाई ०८३ वैशाख ३१ गते गिरफ्तार गरेको छ ।
आरोपितले वैशाख २३ गते सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने सामग्रीहरु अपलोड गरी दुरुपयोग गरेको भन्दै पीडितले आरोपितविरुद्ध वैशाख ३१ गते विद्युतीय अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कारवाही अगाडी बढाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रिपेन्द्र कुमार सिंहले बताउनु भयो ।