INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद घटनाका आरोपित गिरफ्तार

जातको आधारमा भेदभाव तथा अपमानजनक व्यवहार गरेको आरोपमा प्रहरीले औरही गाउँपालिका–५ की ४५ वर्षीया कविता देवी यादवलाई ०८२  चैत  २५ गते गिरफ्तार गरेको छ ।

औरही नगरपालिका–३ की १७ वर्षीया इन्द्राकुमारी मण्डलकी सासु कविताले “तँ तल्लो जातको, पानी नचल्ने” भन्दै बुहारी स्वीकार नगर्ने अडान लिई जातीय भेदभाव तथा अपमानजनक व्यवहार गरी  घरपरिवारबाट निकालेको पीडितले बताइन् । पीडित इन्द्राकुमारीलाई १८ वर्षीय मेघनाथ यादवले ०८२ वैशाख २५ गते उनलाई नेपालगञ्ज लगेर दुर्गा मन्दिरमा विवाह गरेका थिए। गर्भवती अवस्थामा घर फर्किएपछि जातको आधारमा अपमान गरी घरबाट निकालेको भन्दै पति मेघनाथलाई घरबाट भगाएको पीडितको भनाइ छ । डिएसपी शैलेन्द्र भट्टका अनुसार ०८२ असोज २६ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा मेघनाथ यादवकी आमा कविता देवी यादवविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १० अन्तर्गत दफा १६० बमोजिम भेदभाव तथा अपमानजनक व्यवहारसम्बन्धी मुद्दा दर्ता गराएकी थिइन्।

सन्तोष कुमार यादव

अन्य

भिडियो