INSEC Online

📅 २०८३ जेष्ठ २१

‘बोक्सी’ को आरोपमा कुटपिट घटनाका आरोपित गिरफ्तार

गोकुलगंगा गाउँपालिका–६ की ३४ वर्षीया शर्मिला तामाङलाई ०८२ चैत १५ गते ‘बोक्सी’ को आरोपमा कुटपिट गरेको भन्दै पति ३६ वर्षीय गोपीलाल तामाङलाई प्रहरीले चैत १७ गते गिरफ्तार गरेको छ ।

२०७० सालमा प्रेमविवाह गरेदेखि नै पतिले ‘बोक्सी’ को आरोप लगाउदै कुटपिट गर्दै आएको पीडितको भनाइ छ । कुटपिटका कारण शरीरका विभिन्न भागमा चोटपटक लागेकी शर्मिलालाई उपचारका लागि चैत १६ गते तामाकोशी अस्पताल मन्थलीमा भर्ना गरिएको छ । शर्मिलासँगै १२ वर्षीया छोरी गुञ्जन तामाङ र सात वर्षीय छोरा सुजल तामाङ पनि छन् । यसअघि पनि बारम्बार पतिको कुटपिटबाट पीडित भएकी तामाङको उजुरीमा मिलापत्र गरी घटना दबाउन खोजिएको पीडितको आरोप छ । घटना माथि थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी भोला भट्टले जानकारी दिनुभयो ।

नवराज पथिक घिमिरे

अन्य

भिडियो