टिकापुर नगरपालिका—९ स्थित खक्रौला सीमा नाकामा रहेको सशस्त्र प्रहरी बल गुल्ममा कार्यरत डिएसपी प्रदिप पौडेल माथि आक्रमण गरिएकाे घटनाकाे समाचार भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाको सत्यतथ्य छानविन गर्न सशस्त्र प्रहरी बल नं. ७ बैद्यनाथ बाहिनीका एसपी अनिल कार्कीकको संयोजकत्वमा तीन सदस्यिय छानविन समिति गठन गरिएको बाहिनीका एससपी दिगविजय सुवेदीले बताउनु भयो ।
डिएसपी प्रदिप पौडेलले आफूलाई चैत ४ गते स्थानीय युवा र व्यापारीहरुले सशस्त्र प्रहरी बल गुल्म भित्र प्रवेश गरी आक्रमण गरेपछि आरोपित विरुद्ध इलाका प्रहरी कार्यालय, टिकापुरमा उजुरी दिने तयारी गरेको पीडित बताउनु भयो ।
घटना अनुसन्धानकै क्रममा रहेकाले अहिले नै सबै कुरा भन्न नमिल्ने इलाका प्रहरी कार्यालय टिकापुरका डिएसपी नविनराज बुढाथोकीले बताउनु भयो ।
अवैधरुपमा भारतबाट ल्याएको सामान बरामद गर्दा टिकापुर उद्योग वाणीज्य संघसँग चैत ४ गते छलफल गर्ने क्रममा स्थानीय युवा र व्यापारीहरुले गुल्म भित्र प्रवेश गरी कुटपिट गरेका थिए ।
घटनाबारे कुनै सूचना र जानकारी नआएकाले केही भन्न नसकिने जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी योगेन्द्र तिमिल्सिनाले बताउनु भयो ।