INSEC Online

📅 २०८३ जेष्ठ २१

पेट्रोल छर्किएर आगो लगाएर हत्या गरेको आरोपमा दुई जना गिरफ्तार

कमलामाई नगरपालिका–४ स्थित धुराबजारकी ३२ वर्षीया सुशीला बम्जनलाई ०८२ पुस ६ गते पेट्रोल छर्किएर हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले मृतककी ३५ वर्षीया नन्द मीना लामा बम्जन र ५९ वर्षीया सासु मायारानी बम्जनलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी लालध्वज सुवेदीले बताउनु भयो ।

घरायसी विवादको विषयलाई लिएर मृतककी नन्द मीना लामा बम्जनले आगो लगाएर सुशीलाको हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको डिएसपी सुवेदीले बताउनु भयो ।

सुशीलालाई आगो लगाएको घटनामा मृतकका ससुरा दुर्गामान बम्जन समेत घाइते भएको र उनको काठमाण्डौँस्थित एक अस्पतालमा उपचार भइरहेको छ ।

बागमती प्रदेश कार्यालय  

अन्य

भिडियो