पोखरा महानगरपालिका–३१ बाँँसपानीकी ७५ वर्षीया दाल कुमारी परियारको हत्या गरेको आरोपमा प्रहरीले नाति २२ वर्षीय आशिष परियारलाई ०८२ पुस ३ गते गिरफ्तार गरेको छ ।
आरोपितले हजुरआमालाई पुस ३ गते घरायसी विवादमा धारिलो हतियार प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको थियो । आरोपितलाई प्रहरीले पोखरा महानगरपालिका–१० बुद्धचोकबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।
शवको परीक्षण पुस ४ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा गरिएको छ । आरोपितलाई कर्तव्य ज्यान सम्बन्धी मुद्धामा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ ।