INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा नौ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ईश्वरपुर नगरपालिका–३ का २४ वर्षीय सुरज कार्कीलाई ०८२ मङ्सिर १६ गते नौ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश पुष्पराज थपलियाको इजलासले आरोपितलाई कसुरदार ठहर गर्दै नौ वर्ष कैद सजाय र ३५ हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति दिने गरी मुद्दाको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार ज्ञान बहादुर खत्रीले जानकारी दिनु भयो ।

बालिकालाई आरोपितले ०८० मङ्सिर २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २९ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।

बुधन साह

अन्य

भिडियो