२० वर्षीया युवतीलाई ०७५ असार २३ गते बलात्कार गरेको आरोपमा जिल्ला अदालत बैतडीले पुस २६ गते दशरथचन्द नगरपालिका–१ गुरूखोलाका २० वर्षीय महेश भट्टलाई पाँच वर्ष कैद र २० हजार रुपियाँ जरिवानाको फैसला सुनाएको छ ।
जङ्गलमा घाँस काटिरहेकी महिलालाई बलात्कार गरेको आरोपमा उनीविरूद्ध यस्तो फैसला भएको हो । भट्टले बलात्कार गरेको आरोपमा पीडित पक्षले असार २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।